
२५ जेठ धादिङ ।
सुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नं ६ स्थित गोलाङ आगिन्चोक सडक खण्डमा सवारी दुर्घटना भएको छ। गंगा जमुना गाउँ पालिका लतापबाट धादिङ बेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१/०२७ च ५०१३ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो।
सो दुर्घटनामा परी ६ जना घाइते भएकोमा घाइतेहरुलाई उपचारको लागि धादिङ जिल्ला अस्पताल पठाएको जानकारी जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी एव्ं प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले नारी वाटिका डट्कम खबरलाई जानकारी दिनु भयो ।
सुचना अधिकारी एव्ं प्रहरी नायव उपरिक्षक मिश्रका अनुसार घाईते मध्य ४ जनालाई सामान्य उपचारपछी घर फर्कि सकेका र बाँकी घाईतेको अस्पतालमा उपचार भईरहेको बताउनु भएको छ ।












प्रतिक्रिया दिनुहोस