आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को राष्ट्रसंघीय समितिमा पुन : राणा निर्वाचित

२०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित ( १ साल अघि) १२३४७ पटक पढिएको
नारी बाटिका


न्यूयोर्क २६ जेठ ।

संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी महिला अधिकारकर्मी बन्दना राणा पुनः निर्वाचित भएको छ ।अमेरिकाको न्यूयोर्कमा जुन ७ अर्थात जेठ २५ गते शुक्रबार सम्पन्न निर्वाचनमा राणा १४६ मत प्राप्त गरी विजयी भएको हो । उहाँ यो पदमा सन् २०२५ देखि २०२८ सम्म रहनु हुनेछ ।

अधिकारकर्मी राणा नेपालको तर्फबाट पुनः विजयी भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिनु भयो ।

विश्वव्यापी रूपमा महिला हिंसा विरुद्धमा काम गर्ने २३ सदस्य रहने व्यवस्था भएको यस समितिले महिलाका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको अनुगमन तथा निरिक्षण गर्ने गर्दछ । साथै यस समितिको कार्यालय जेनेभास्थितमा संन्चालन छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस