आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

शनिबार गजुरीबाट हराएका दुई किशोर मध्य एकको शव फेला

२०८१ जेष्ठ २७, आईतबार मा प्रकाशित ( १ साल अघि) ९२८७ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -२७ जेठ।

धादिङको गजुरीबाट हराएका दुई किशोर मध्य एकको शव फेला परेको छ । प्रारम्भिक आनकारी अनुसार हिजो दिउँसो उनीहरु पौडी खेल्न गएका २ जनामध्य १५ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको छ ।

शनिबार गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव आज भेटिएको हो । उनीहरुको खोजतलासमा छुटेका नेपाल प्रहरी,सशस्त्र प्रहरी वल,स्थानीयवासीहरुको सक्रियतामा गोता खोरबारबाट आएका तालिम प्राप्त टोलिले आज त्रिशूली नदीको २० फिट गहिराइबाट १५ वर्षिया किशोर युनिक सुवेदीको शव निकालिएको सुचना अधिकारी एव्ं प्रहरी प्रवक्ता मिश्रले बताउनु भयो ।

हिजो घाटवेशीबाट १५ वर्षिया सुवेदी र १३ वर्षीय रिदम रोईला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शवलाई आज निकालेको हो ।
तर रोईलाको अवस्था भने अझै अज्ञात रहेको प्रहरी प्रवक्ता मिश्रले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस