आज:  | Sat, 27, Jul, 2024

पिडामा राजनीति कहिलेसम्म ?

२८ जेष्ठ २०८१, सोमबार १२:२० मा प्रकाशित ( १ महिना अघि) २६३ पाठक संख्या
नारी बाटिका


लेखक : बिजय राज बिस्ट,भरतपुर

 

२८ जेठ-भरतपुर

जब माओवादि ले युद्ध थालनी गर्यो ।तब लाग्ने गर्थ्यो ।यो साच्चै समाज लाई परिबर्तन गराउने पाटी रहेछ । समाज मा भयका कुरिती बिकृती हटाउने पाटी रहेछ । जब देख्थे तास खेलि रहेका उनि हरु देख्नेबित्तिकैभाग्ने ,तास नखेल्ने ,बहुबिबाह गर्ने डराउने ,उनि हरु नै कार्बाही गर्ने यस्ता काम प्रहरी प्रशाशन ले गर्ने भय पनि प्रशाशन बाट भन्दा उनिहरु को ति काम राम्रो लाग्थ्यो ।म काङ्ग्रेस राजनीतिक पृष्ठभुमि मै जन्मे पनि सो काम राम्रै लाग्थ्यो ।

मेरो बुबा स्ब भैरब राज बिष्ट पनि गोर्खा मा नै राजनीति गर्ने भयकोले बिभिन्न राजनीतिक दल का नेता तथा कार्यक्रता को आउजाउ राम्रो नै हुने गर्थो । मेरो बुबा कसैलाई केहि परे सहयोग गरि हाल्ने ,कोहि सर्बसाधरण माओवादी भनी प्रहरि प्रशाशन ले समात्यो भने ,दुख दियो छुटाउने ,गरिब लाई पढ्न सहयोग गर्ने ,रोजगार को लागी सहयोग गर्ने गर्नु हुन्थ्यो ।यि नै कारण बुबा लाई बढि आत्म बिस्वास थियो ।

जुन बेला माओवादी निहत्था ब्यक्ती को हत्या गर्दै हिड्ने गर्थ्यो सो बेला बुबा लाई त्यहा नबस्न आग्रह गरिन्थ्यो ।चितबन तथा काठमाडौ मा बसाइँ सर्न अनुरोध पनि गरियो तर बुबा ले सो कुरा लाई बेबास्था गर्नु हुन्थ्यो।किनकी उहाँ मा आत्म बिस्वास बढी भय जस्तो लाग्थ्यो ।

आफु लाई केहि नहुने मा बिस्वस्त भय जस्तो लाग्थ्यो ।हामी पनि सानै भयकोले बुबा लाई बढी प्रेसर गर्न पनि सक्थेनौ । किन कि बुबा लाई राजनीति को नसा थियो । नयाँ ठाउँ मा राजनीति गरेर स्थापित हुन गाह्रो हुने बुझ्नु भयको थियो होला । नेपालि काङ्ग्रेस को रुख लाई भन्दा उहाँ लाई ब्यक्ती गत रुपमा मत दिने मान्छे भेटिन्थे ।

सो कुरा माओवादी लाई मन परेन ,यक क्षेत्र को यक नेता को हत्या गरिदियर सो पाटी को स्थिती कमजोर बनाउने योजना बमोजिम २०५८(०९(२२ मा घरमा सुतिरहेका अबस्थामा माओवादी ले हत्या गरे । अत्यन्तै पाशबिक तरिकाले बुबा को हत्या पछि सो हत्या भुल थियो भनेको पनि पाईयो।

मलाई लाग्यो मान्छे को हत्या गर्ने कुरो भुल भनेर हुन्छ ।के हाम्रो आशु ,हाम्रो सहरा ,आमा को सिन्दुर ,हाम्रो लुटियको हासो तिमिले भुल भयो भनेर फिर्ता हुने कुरो हुन र ? जब राजनीति बुझ्ने भईयो मलाई प्रष्ट भयो माओवादी को असली रुप हिजो तास खेल्न नदिने ,मदिरा सेबन गर्न बन्देज गर्नेहरु क्यासिनो छिर्ने भए ।

आज स्टार होटल मा मदिरा पान गर्ने हैसियत राखे,बहुबिबाह मा कार्बाही गर्ने हरु बहुबिबाह गरेर बसेका उदाहरण पनि देखियो । हिजो आफ्नो पुर्खौली सम्पती हुने हरुलाई सामन्ती भन्ने गर्थे तर आज तिनै दश वर्षको जङ्गल बसाइँ पछि करौडौ को गाडी चढ्ने ,करौडौ को आलिसान महल मा बस्न सक्ने स्थिती मा पुगे ।

हिजो माओवादको नाममा हत्या आतंक गर्नेहरु आज सो बाद बिर्सजन गरे किन कि अब हिजो गरेका गल्तीबाट उम्कने प्रयास गर्दै एमाले पाटीमा बिलय हुने निर्णय गरे तर पनि उक्त प्रयास सफल हुन सकेन । सत्ता मोहमा नेपाली काङ्ग्रेस पनि फस्यो ,स्थानिय निकाय निर्बाचनमा माओवादीलाई मत दिन ,त कहिले कसै लाई मत दिन उर्दि नै गर्यो ।

काङ्ग्रेसले आफ्ना हिजो काङ्ग्रेस भयर ,सो आस्था छोड्न नमान्दा मारियका आफ्ना नेता ,कार्यक्रता भुल्यो । सिमित र्ती ,सत्ता लिप्सा मा लागे पछि माओवादी ले आफ्नो असली रुप देखाईदियो पनि , स्थानिय निर्बाचनमा कानुन का हरप पल्टायर मत पत्र च्यात्न लगाउनु भन्दा हिजो युद्धका नाममा मारियका आफ्ना नेता तथा कार्यक्रता को न्याय को लागि अन्तर्राष्ट्रिय नियम कानुनका धारा पल्टाउन सकेको भय काङ्ग्रेस हाल को स्थितीमा आउने नै थियन ।

राजनीति गर्नेमा न ईमान्दारिता देखेँँ ,न निष्ठा नै ? पाटिैमा ,हिजो दुख गरेर पाटी जोगायका हरुको होइन ,पाटि मा लागेर कमाउ धन्दा नै चलाउने को बोलबाला देखिन्छ ,उहाँ हरु लाई माओवादी को गाना बजायर ,काङ्ग्रेस झन्डा मा माओवादी झन्डा गासेर हिड्दा पनि केही अपठ्यारो लागेको देखियन । माओवादी को सो हिस्रक गतिविधि राजनीतिक आन्दोलन भनेको सुन्छु अनि लाग्छ घर मा सुतिरहेका निहत्था ब्यक्ती हरु हत्या गरिनु कस्तो आन्दोलन ,कस्तो युद्ध थियो ।

यदि त्यो नै अन्तर्राष्ट्र ले युद्द मान्थ्यो भने सर्बहारा बर्गका नेता स्बास्थ उपचार को लागि अमेरिका जादा समातिन्छु कि भनेर डराउन पर्ने कारण किन थियो त ? माओवादी हिम्सात्मक बिद्रोहको आगोले पेलियको सयौ बाबु आमा छोराछोरी आफ्नो सन्तान या अभिभावक गुमेको पिडामा बाचिरहेका छ्न भने सो का सन्चालक भने सन्तान सुखमा रमाइरहेका देखियो ।

जो परिबारिक शुख सयल का लागी युद्ध को नाटक गरे ,रकम आर्जन को लागी हजारौ निहत्था नागरिक को हत्या गरे उनि हरु लाई त शान्ती मिल्यो होला नै तर अपराधी ले रास्ट्रीय ,अन्तर्राष्ट्रिय नियम कानुन अनुसार कार्बाही नभोगे पिडित जन ले शान्ती अनुभुती गर्न पाउने अबस्था देखियन ।

अन्तर्राष्ट्रिय मानब अधिकार र मानबिय कानुन उल्लंघन का घटनाको निस्पक्षर प्रभाबकारी अनुसन्धान गरियो र संक्रमण कालिन न्यायका संयत्रहरु अन्तर्राष्ट्रिय स्तर हुन सक्यो भने मात्र आम पिडित ले न्यायपाउने र पिडक ले कार्बाही भोग्लान होइन भने पिडक लाई जोगाउने खालको आयोग बन्दैमा र पिडक सत्तामा पुग्दैमा शान्ती कायम होला भन्ने मलाई लाग्दैन ।

बिपरित राजनीतिक आस्था राखैकै भरमा मारियका आफ्नो मृतक नेता तथा कार्यक्रता लाई न्याय दिन त दलहरु चुके पहल गरेनन ।उहाँ हरु पनि सत्ता मोह मा फसेर कहिले तालमेल र कहिले एकिकरण को मोह मा फस्नु भयो । जनता लाई न्याय नदियर बनायको न पाटीको तालमेल टिक्यो न यकिकरण नै टिक्छ ।किनकी दल लाई बिस्बास गर्ने आधार नै उस्ले अपनायको निति ले हुन्छ ।

निति राम्रो नभयकोमा न नेता राम्रो हुन्छन ,न पार्टी नै, त्यसले कमसेकम आफ्नो नेता कार्यक्रता लाई न्याय को पर्खाई मा बस्ने स्थिती को सृजना नगरिदिनुस । ,हत्याहिंसा आतंक लाई आफु अनुकुल ब्याख्या गरेर बोक्ने तपाईं प्रमुख दल हरु ले यो बुझ्न जरुरि छ आतंक को ज्बाला ले पोल्ने मात्र होइन खरानि बनाउछ ,आफ्ना नेता कार्यक्रता को पिडा सत्ता सङ साट्न तपाईं हरु लाई कति लज्जा लागेन ?

नेता ज्यु ? पिडामा राजनीति गरेर सत्ताको लिप्सामा रमाउदा तपाईंहरुलाई हिनताबोध हुन पर्ने होइन र ? पिडक सत्ता को स्बादमा रमाउदा पिडित सडक मा न्याय को पर्खाइमा रहदा साच्चै नेपाल मा न्याय हरायको रहेछ भनु या न्याय हरायको देश भन्न थप पुष्टी गर्न पर्ला जस्तो लागेन ?

लेखक भरतपुर चितवनको हुनुहुन्छ ।
जस्ताको तस्तै प्रकाशित

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस