आज:  | Thu, 18, Jul, 2024

जुवातास खेलिरहेको अवस्थामा४ बुक तास सहित ५जना पक्राउ

५ असार २०८१, मंगलवार १४:४४ मा प्रकाशित ( १ महिना अघि) २८७ पाठक संख्या
नारी बाटिका


तनहुँ ४ असार।

तनहुँबाट ४ बुक तास सहित जुवातास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका(५ भिमसेनटोल बस्ने ईन्द्र बहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय सुजन कुमार राना समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई नगद ३१ हजार ६ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

साथै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस