आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

१२ वर्षीया बालिकासहित तीन जनामाथि बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

२०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १३६८४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३२ साउन ।

बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका(४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

नारायण चौधरीले बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

त्यसैगरी मोरङमा,१६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका(४ बस्ने ३५ वर्षीय जोसन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। राईले दुबै किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस