आज:  | Tue, 10, Sep, 2024

रास्वपाले अन्तिम पटक डा. मुकुल ढकालसंग स्पष्टीकरण सोध्ने निर्णय

५ भाद्र २०८१, बुधबार १५:२० मा प्रकाशित ( २ हफ्ता अघि) ७५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ भदौ ।

निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई (रास्वपा)ले अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ। आज पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि पनि रास्वपाको सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले राम्रैसंग दिइसकेका छन्।

सभापती रवी लामिछानेले डा.मुकुल ढकाललाई अपमानित र उनको भावनामाथी चोट पुर्याएको भन्दै ढकालले आफ्नो धारणा सार्वजनिक गरेका थिए । सो सम्वन्धमा केन्द्रीय अनुशासन आयोगले उनका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ। तपाईंलाई साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने बुधबारको बैठकले निर्णय गरिएको हो।

यसअघि सचिवालयले त्यस्तो स्पष्टीकरण सोधेको थियो,’ झाले भने, ‘२४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ र सफाइको मौका दिनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको सुझावको आधारमा यस्तो निर्णय गरिएको पार्टीको एक स्रोतले बताएको छ ।’ गत जेठ ६ देखि असार ५ सम्म रास्वपाको पार्टीको महामन्त्री रहेका डा.ढकाल देश दौडाहामा गएका थिए।

सोही क्रममा डा.ढकालले ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझाउनु भन्दाअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत नसक्ने,स्वतन्त्र निर्वाचित अन्य नेताहरुहरूसँग पनि मिलेर पार्टी बलियो बन्नुपर्ने जस्ता प्रतिवेदनका गोपनियता बाहिरिएपछि विशेषगरी पार्टी सभापती लामिछानेको जोडमा उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य सबै पदबाट निलम्बन गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस