आज:  | Tue, 10, Sep, 2024

पाठेघरमा मासु पलायर अस्पताल गएकी महिलाको अचानक मृत्यु भएपछी छानबिन समिति गठन

६ भाद्र २०८१, बिहीबार ०४:३४ मा प्रकाशित ( २ हफ्ता अघि) १८३ पाठक संख्या
नारी बाटिका


चितवन ६ भदौ ।

भरतपुर अस्पतालमा उपचारका लागि गएकी एक महिलाको अचानक मृत्यु भएपछी सो सम्बन्धमा छानबिनका लागी समिति गठन गरिएको छ। पाठेघरमा मासु पलाएकोले साही मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको अचानक ज्यान गएको थियो।

सोही घटनामा मृतकका परिवारले अस्पतालको लापर्वाहिले महिलाको मुत्यु भएको भनि आपत्ति अनाएपछी भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो।

समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन्।

त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन्। भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई उक्त समितिको सदस्य सचिव तोकिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस