आज:  | Tue, 10, Sep, 2024

नेपाल सरकारले राखेका ४ शर्तहरु मान्नुपर्ने गरी टिकटकमाथिको प्रतिबन्ध हटायो

७ भाद्र २०८१, शुक्रबार ०४:२६ मा प्रकाशित ( २ हफ्ता अघि) ९९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ७ भदौ ।

सरकारले सर्तहरु पालना गर्ने गरी सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। मन्त्रिपरिषद्को बिहीवार सिंहदरबारमा बसेको बैठकले टिकटक कम्पनीले नेपाल सरकारले राखेका ४ वटा सर्तहरु पालना गर्नुपर्ने गरी टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने गरी शर्त अघि सारिएको मन्त्रालयले जनाएको छ ।

यससंगै सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने शर्त पनि राखेको छ।

नेपाल सरकारले राखेका यी शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि मात्रै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि मात्रै यसअघि कै सरकारले टिकटकमाथी लगाईएको प्रतिबन्ध हटाइने बताएको छ ।

तरपनि सरसर्ति हेर्दापनि नेपाली समाजले पचाउन नसकिने सामाजिक मुल्य मान्यता बिपरितका टिकटकमा आएका छाडा शव्द,छाडा गितहरु,नाङगा तस्वीर र भिडियोहरु लगायतका सामाग्रीले नेपाली समाजमा निकै विकृर्ती फैल्याएकोले यसको नियन्त्रण गर्न स्वयंम सरकारनै लाग्नु पर्ने यथार्तता हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस