आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

तनहुँ बस दुर्घटना अपडेट,एउटै बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या २७ जना पुग्यो

२०८१ भाद्र ८, शनिबार मा प्रकाशित ( १ साल अघि) १२३८५ पटक पढिएको
नारी बाटिका


तनहुँ-  ८ भदौ ।

शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । हिजो बिहान आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ जना पुगेको प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौंका लागि विहानै छुटेको उक्त बसमा ४३ जना यात्रु सवार रहेका यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा नजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

भिरबाट बस खसी दुर्घटनामा परेर गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्‍याइएको छ । घाईतेहरुको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस