आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

आजपनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना

२०८१ भाद्र १६, आईतबार मा प्रकाशित ( १ साल अघि) ८६९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ भदौ ।

आज यी प्रदशका केही स्थानमा भारी वर्षाको सम्भवना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारण तया बदली रही बाँकी भू(भागमा आंशिक बदली रही मुख्यतया सफा रहेको छ ।

अहिले विहान कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पुर्वामानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस