
काठमाडौँ। २० भदौ ।
सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार गोकर्णेस्वरस्थित सुन्दरीजलको खोला किनारको चेपमा एक युवतीको शव भेटिएको हो ।
ति युवती कहाँकी र को हुन् ? भन्ने बारेमा अहिलेसम्म शवको पहिचान भएको छैन । प्रहरीले घटनास्थलको मुचुल्का गरेर शव उठाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस