
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२ मंसिर ।
नेपाली बजारमा आजपनि सुनको मूल्यमा गिरावट आएको छ।
पछिल्ला समयमा लगातार रुपमा सुनको मुल्य घटनेक्रम जारी छ । जस अनुसार बुधबार सुनको मूल्यमा गिरावट आउँदा प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा तिहार सकिए लगतै लगातार जस्तै सुनको मूल्य घटेर आज प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा झरेको हो ।












प्रतिक्रिया दिनुहोस