आज:  | Tue, 08, Oct, 2024

तिन दिनको विपतजन्य घटनाको अपडेट:बाढीपहिरोबाट ११२जनाको मृत्यु,६८जना बेपत्ता

१३ आश्विन २०८१, आईतवार ०७:०२ मा प्रकाशित ( १ हफ्ता अघि) ७८ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

धादिड– १३ असोज ।

विपतजन्य घटनाहरु त विगतमा पनि हुने गरेकै हो । तर यस आ.व.२०८१ असोज १० गते रातिदेखी १२ गतेसम्म भएको भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रहरीले दिएको जानकारीमा आधारित अहिलेसम्म देशभरमा १ सय १२ जनाको मृत्यु भई सकेको छ। साथै यसै विपद्को प्रकोपमा परी हालसम्म ६८ जना बेपत्ता समेत भएका छन् भने एक सय जना घाइते भएका छन्।

नेपाल सरकारले वर्षाबाट निम्तिएको विपद्जन्य घटनाको सम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षाको उच्च मापन उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै जनाएको छ। थो दुईदिनको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको हो । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी परिशरको तथ्याङकमा छ ।

यससंगै शनिबार रातिसम्मको अवस्थामा मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भयो। साथै उद्धार गरिएका विपतजन्य घटनाका प्रभावितहरु मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस