
नारी बाटिका
काठमाडौं ५ कार्तिक ।
व्यापारीले चाडबाडको मौका छोपेर खाने तेलको मूल्य अत्याधक बढाएका छन्। चाडपर्वका समया बजारमा तेल माग अत्यधिक हुने गर्दछ । यसकै मौका छोपेर अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्ने वहाना बनायर नेपाली बजारमा पनि तेलको भाउ चुलिएको हो । व्यपारीले कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका हुन्।
सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन २ हजार २ सय ५० देखि २ हजार ३ सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन १ हजार ९०० रुपैयाँसम्म होलसेल मूल्य थियो।
यसैगरी तोरीको तेलमा प्रतिकार्टुन २ हजार ५ सय ५० देखि २ हजार ६०० रुपैयाँ होलसेल मूल्य थियो भने अहिले मुल्य बढेर ३ हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ बढ्ने अनुमान गरिएको छ।
यससंगै सनफ्लावर र भटमासको तेलको होलसेल मूल्य नै प्रतिलिटर २३० रुपैयाँसम्म पुग्छ। खुद्रा मूल्यमा बिक्री गर्दा यसको २६० देखि ७० रुपैयाँसम्म पुगेको छ । त्यसमाथी पन पसलै पिच्छेको भाउमा बजारमा बिक्री वितरण गर्ने गरेका कुरा पनि नौलो रहेन। तोरीको तेलको मूल्य प्रतिलिटर ३१९ रुपैयाँसम्म पुगेको छ।
तेल बिक्रेताले अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थ र डलरको मूल्य बढ्नुको कारण नेपालमा तेलको भाउ बढेको बताउँछन्। तेलको मूल्य थपघट हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव पर्ने व्यपारीले दाबी गरेका छन्। अहिले सनफ्लावर र भटमासको माग दक्षिण एसिया क्षेत्रमै बढेको असर नेपालमा परेको बताइन्छ।
हृन्द्वग्रस्त युक्रेन र रसियाबाट धेरै मात्रामा नेपालमा भटमास आयात हुने गरेको छ। पछिल्लो समय यी दुई मुलुकबीचको द्वन्द्वले पनि कच्चा पदार्थ आयातमा असर पुगेको दाबी व्यवसायीहरुको छ। यद्यपि, नेपाल चामल, तेल, दाल उत्पादक संघले तेलको मूल्यवृद्धि बारे आधिकारिक धारणा सार्वजनिक गरेको भने छैन।








प्रतिक्रिया दिनुहोस