
नारी बाटिका
बिबियु
धादिङ १३ कार्तिक ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिको शोमबार बसेको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
साथै भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
साथै यस वर्षको तिहारको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार आजै कात्तिक १३ गते मङ्गलबारदेखि नै सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस)पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनु पर्ने समितिले जनाएको छ ।
आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि भोली बुधबार नै मनाइने समितिले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस