
नारी बाटिका
काठमाडौं ९ मंसिर ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका छन् ।
स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीले पदबाट राजीनामा बुझाएका हुन् । गत असारमा उनी प्रतिनिधि सभाको सचिवमा नियुक्ती भएका थिए । त्यसअघि अधिकारीले शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएका थिए ।
उनी नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएलगत्तै सोही स्तरको प्रतिनिधिसभामा नियुक्त भएका थिए ।
संविधानिक व्यवस्था अनुसार ंप्रतिनिधि सभा र राष्ट्रियसभामा बाहिरबाट सचिव नियुक्त गर्ने नियम छ । राजीनामामा स्वास्थ्यको कारण देखाए पनि उनले आफू उक्त पदका लागि फिट नभएको बताउने गरेका थिए ।








प्रतिक्रिया दिनुहोस