
नारी बाटिका
काठमाडौं १९ मंसिर ।
आजदेखी लागु हुनेगरी नेपालमा आन्तरिक हवाई उडानको भाडादर बढेको छ । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबारदेखि लागू हुने गरी आन्तरिक तर्फको हवाई भाडा दर बढाएको जानकारी दिएको हो ।
क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मुल्य बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको जनाएको छ ।
बढेको मुल्य अनुसार विराटनगर-धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौँ(-धनगढीको भाडा ९० रुपैयाँले बढेको छ ।यस्तै पोखरा(भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।
त्यस्तै, विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौँ-सिमराको भाडा १५ रुपैयाँ, काठमाडौँ(-विराटनगरको भाडा ५० रुपैयाँ, काठमाडौँदेखी पोखरासम्मको ३० रुपयाँ र काठमाडौँ -भैरहवाको भाडादर ४० रुपैयाँले बढेको मंगलबार एक सुचना जारी गर्दै क्यानले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस