
नारी बाटिका
काठमाडौं २५ पुस ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा खेपिरहेका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन न्यायाधीश समक्ष अपिल गरेका छन्।
उनीविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस आज सकिएको छ । बहस कै क्रममा न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई केही भन्नु छ ? भनेर सोधिएको प्रश्नमा उनले यस्तो अपिल गरेका हुन्।
इजलासमा सहभागी एक स्रोतका अनुसार सहकारी पीडितका पक्षमा अफू लागिरहने उल्लेख गर्दै उनले थुनाबाहिरै बसेर मुद्दा लड्ने वातावरण बनाइदिन अनुरोध गरेका थिए । लामिछानेले थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ,भनी अपिल गरेका छन् ।
यसैगरी उनले म हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका विषयमा गरेका रिपोर्टसहित प्रस्तुत हुनेछु भनेर माग राखेका छन् । उक्त मुद्दामा बहस सकिएकाले आजै थुनछेक आदेश आउनसक्ने सम्भावना पनि छ।








प्रतिक्रिया दिनुहोस