आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

मन्त्रालयभित्रै उर्जामन्त्री दिपक खड्कामाथि हातपातको प्रयास

२०८१ माघ ४, शुक्रबार मा प्रकाशित ( ११ महिना अघि) ११२२३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ माघ । ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि मन्त्रालयभित्रै आक्रमणको प्रयास भएको छ। मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको रहस्य बाहिर आएको हो।​

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीबिचको बैठकमा खड्काले आफुमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका हुन्।

केही दिन अगाडि मन्त्रालयबाट बाहिरिने क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै मन्त्री खड्काले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। खड्काले जानकारी गराएपछि गृहमन्त्री रमेश लेखकले आफूलाई किन जानकारी नदिएको ? भन्दै प्रतिप्रश्न समेत गर्नु भएको थियो ।

जवाफमा मन्त्री खड्काले आफूले घटनालाई सामान्य रुपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्तिलाई छाड्न पनि भनिसकेको बताएका थिए । ती व्यक्ति छुटेको जानकारी समेत दिएका खड्काले आक्रमण प्रयास गर्ने व्यक्तिको पहिचान भने खुलाएका छैनन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस