
नारी बाटिका
बझाङ -२९ माघ ।
नेपाल पत्रकार महासंघ बझाङका अध्यक्षमाथी चक्कु प्रहार भएको छ।
गए राति करिब साढे ११ बजे अध्यक्ष ललित सिंहमाथी सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले आक्रमण गरेको बताइएको छ।
चक्कु प्रहारबाट सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ।
बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुमाथी अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ। घाईते सिंहले होटलमा बोलाएर उक्त समूहलेआफूमाथि चक्कु प्रहार गरेको बताएका छन्।








प्रतिक्रिया दिनुहोस