आज: २०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न सुझाव

२०८१ फागुन ९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १७३३० पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ फागुन ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न सुझाव दिएका छन् । मेयर शाहले नेपाली नागरिक देश छाडेर गएकाले गरिब भएको र अमेरिकी नागरिक अल्छी भएकाले गरिब भएको टिप्पणी समेत गरेका छन्।

उनले गएराति आफ्नो सामाजिक संन्जाल पेजमा लेख्दै भनेका छन् , ‘प्रिय डोनाल्ड जे.ट्रम्प,हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो छ भनेर महशुस गराउनु भएकोमा धन्यवाद’, उनले लेखेका छन्, ‘हामी गरिब छौँ। किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’

यससंगै मेयर शमहले नेपाललाई अमेरिका भन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। केही दिनअघि मात्रै राष्ट्रपति ट्रम्पले अमेरिकाबाट नेपाललाई प्रदान गर्दै आएको अनुदान रोक्ने निर्णय गरेका थिए । सो विषयलाई मेयर बालेनले आफ्नो सामाजिक सञ्जालमा लेखेरे डीभीको दासत्व समेत बन्द गर्न सुझाव दिएका छन्।

उनले भनेका छन् । ,डीभीबाट फैलाइरहेको दासत्व बन्द गरेर अरु देशलाई स्वतन्त्ररूपमा अघि बढ्न दिन पनि आग्रह गर्दछु । ‘कृपया दासत्व पनि बन्द गर्नुहोस्। हामीले हाम्रा रत्न फिर्ता पाउनेछौँ’, भनेर उनले लेखेका छन्, ‘आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्। संसारलाई अघि बढ्न दिनुहोस्।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑