
नारी बाटिका
काठमाडौं – १२ फागुन ।
संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। आज बस्ने बैठकमा बाँदर आतंकबारे सार्वजनिक महत्वका साथ प्रस्ताव प्रस्तुत गरिने कार्यतालिका छ ।
प्रतिनिधिसभाको बैठक शोमबार दिउँसो १ बजेको लागी बोलाइएको छ। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ भने सो विषयमा छलफलसमेत हुनेछ । यस्तै सशस्त्र प्रहरी बल, नेपाल विधेक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजानिक महत्त्वको प्रस्ताव पनि प्रस्तुत हुने जनाईएको छ। सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले विभिन्न अस्पतालबाट निशुल्क सेवा पाउँदै आएकोमा सो को अनुदान अभाव भएपछी उक्त सवालमा सरकारको ध्यानाकर्षण गरिने छ।
यसैगरी त्सांसद राजेन्द्र बजगाँईले नेपालका ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बाँदर र जंगली जनावरको आतंकबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा खतरा पैदा भएकाले यसको दिगो समस्या समधानका लागि जरुरी रहेकोले सार्वजानिक महत्त्वका साथ प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।








प्रतिक्रिया दिनुहोस