
नारी बाटिका
काठमाडौं १३ फागुन ।
भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् व्यत्तित्व चूडामणि गौतमको निधन भएको छ । मिर्गौला रोगबाट पीडित उहाँको मेडिसिटी अस्पतालमा ८१ वर्षको उमेरमा सोमबार निधन भएको हो।
२००० साल असोज १ गते तेह्रथुममा जन्मिनुभएका गौतम ‘ग्रामर गुरु’का रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त दर्जनौँ पुस्तक प्रकाशित भएका छन् ।
नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यास लगायतका नेपाली र अङ्ग्रेजी व्याकरण सम्बन्धी उहाँका पुस्तकहरु चर्चित छन्।
सोमबार निधन हुनु भएका गौतमको हिजै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन्।








प्रतिक्रिया दिनुहोस