
नारी बाटिका
काठमाडौं- १५ फागुन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिएका छन्।
मन्त्री खड्काले घिसिङलाई पदबाट किन नहटाउने ? भन्दै मंगलबार सोधेको स्पष्टीकरणको जवाफ आज बुझाएका हुन्। उनले आफूलाई पदबाट हटाउने अधिकार र मन्त्री र मन्त्रालयलाई नभएको जवाफ दिएका छन्।
मन्त्री खड्काको जवाफमा ‘घिसिङले लेखेका छन् ।
म नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ ९१० बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ।
त्यसैगरी घिसिङले उर्जामन्त्रीको एकलौटी रवाफलाई स्पष्ट पारेका छन् । निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा न.१६ ंले तोके बमोजिम हृनेछ ।
सो बमोजिम नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची (१ को क्र.सं. ३३)र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको ब्यहोरा पुनः निवेदन गर्दछु।’ कुलमानले बुझाएको स्पष्टीकरणमा उल्लेख गरिएको छ।








प्रतिक्रिया दिनुहोस