
नारी बाटिका
महानगरका कर्मचारीको रोकिएको तलब अब निकासा हुने
काठमाडौं २१ चैत।
मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आजदेखी जिम्मेवारीमा फर्किएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र मेयर साहकोबिचमा विवाद उत्पन्न भएपछी अधिकृतको कार्यलयमा मेयर शाहले तालचा लगाएका थिए ।
मेयर बालेनले लगाएको ताल्चा आज उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईं जिम्मेवारीमा फर्किएका हुन् ।
तर गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाएका भएपनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको सहयोगमा साढे तीन महिना पछि गुरागाईं जिम्मेवारीमा फर्किएका हुन् ।
यसअघि काठमाडौं महानगरमा झन्डै पाँच महिना देखि रोकिएको तलब शुक्रबार देखि नै कर्मचारीले निकासा उनले जानकारी दिएका छन् ।








प्रतिक्रिया दिनुहोस