आज:  | Tue, 13, May, 2025

सुनको मूल्य आजनि घट्यो,चाँदीको बढ्यो,कतिमा हुंदैछ । त कारोबार ?

३० बैशाख २०८२, मंगलवार १४:०६ मा प्रकाशित ( ५ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३० वैशाख ।

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार तोलामा तीन हजार ७ सय रुपैयाँले घटेर एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै आजपनि छापावाल सुन प्रति तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्यमा एक दिनअघि पनि गिरावट आएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर आज एक हजार ९७० मा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस