आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

सरकारले आगामी आर्थिक वर्षका लागी पाँच उद्देश्य राखी बजेट प्रस्तुत गर्दै

२०८२ जेष्ठ १५, बिहिबार मा प्रकाशित ( ८ महिना अघि) ६७५९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १५ जेठ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागी बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्नु भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री  पौडेलले आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्नु भएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटका पाँच वटा विषयलाई मुख्य उद्देश्यको रुपमा लिएको छ । आज अर्थमन्त्री  पौडेलले संघीय संसद्‍मा बजेट प्रस्तुत गर्दै, आगमी वर्षको लागी प्रस्तुत बजेटका पाँच उद्देश्य पुरा गर्ने लक्षका साथ बजेट सुनाएका हुन्।

बजेटका पाँच उद्देश्य
क. उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धि हासिलगरी गरिबी निवारण गर्ने

ख. उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तारगरी रोजगारी सिर्जना गर्ने

ग. आधुनिक प्रविधिको प्रयाग बढाउँदै आर्थिक क्षमता वृद्धि गरिने

घ. सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने

ङ. गुणस्तरीय सार्वजनिक सेवा र सुशासन सेवा प्रबर्द्धन गर्ने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस