आज:  | Sat, 07, Jun, 2025

त्रिविका ६ प्राध्यापक संघ संगठनको चेतावनी.प्राध्यापक नियुक्ति फिर्ता लिनुपर्छ

२५ जेष्ठ २०८२, शनिबार १८:०० मा प्रकाशित ( ९ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२४ जेठ ।

त्रिभुवन विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेकोले प्राध्यापकहरूले विरोध जनाएका छन् । आज प्राध्यापकहरूले एक विज्ञप्ति जारी गर्दै प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी विज्ञापन प्रकाशित गरिएको भन्दै विश्वविद्यालयमा अध्यापनरत विभिन्न ६ प्राध्यापक सङ्घहरूले विरोध गरेका हुन् ।

साथै प्राध्यापकहरूले जारी विज्ञप्तिमा भनिएको छ, तीनमहिने उपकुलपति प्र.डा.खड्ग केसीले मनोमानी निर्णय गरेको उल्लेख छ। नेपाल विद्यार्थी संघले उपकुलपति कार्यालयमा तोडफोड गरेपछि पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट काम गरिरहेका उपकुलपति केसीले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका हुन् ।

त्रिवि सेवा आयोगले फास्ट ट्र्याकमार्फत १ सय जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । यसलाई विश्वविद्यालयले त्रिविको भविष्य निर्माणको जग भनेको छ भने खुला विधिबाट अनुसन्धानमा विशिष्टता हासिल गरेका व्यक्तिहरूलाई नियुक्त गर्न लागिएको त्रिविको भनाई छ ।

यस सम्वन्धमा विश्वविद्यालयका वर्तमानका म्यादी पदाधिकारीले पेसागत सङ्घका मागहरूलाई बेवास्ता गरेको आरोप प्राध्यापक सङ्घहरूले लगाएका छन् । प्राध्यापकहरूको वृत्ति विकास पनि सोही अनुरूप हुनुपर्ने र यसतर्फ विश्वविद्यालयका जिम्मेवार तहमा रहने पदाधिकारीले ध्यान दिनु प्राकृतिक सिद्धान्त अन्तर्गत पर्ने उनीहरूको आरोप छ ।

त्रिविमा गत चार वर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन भएको छैन । त्रिविको प्राकृतिक सिद्धान्त अनुरूप कार्य नगरी स्वार्थको घेराबन्दीभित्र रही मनोगत रूपमा दरबन्दी सिर्जना गरेको आरोप लगाइएको छ ।

विज्ञप्ति मार्फत भनिएको छ , पदपूर्तिका निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको हो । सोही अनुसार नभएको भन्दै उनीहरुले त्रिबिको गैर जिम्मेवार कदमप्रति निन्दा गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् ।

त्यसैगरी आवधिक र आवश्यकताको माग तथा बढुवाको विद्यमान पिरामिड व्यवस्थालाई वेवास्ता गर्दै पदाधिकारीले आफ्नो स्वार्थसिद्ध गर्ने मार्गमा अगाडी बढ्ने प्रयत्न गरेमा यस्बाट पर्न जाने परिणाम र परिस्थितिको जिम्मेवारी पदाधिकारीलेनै बोक्नुपर्ने र त्यसबाट उत्पन्न हुने परिणाम पदाधिकारीलेनै आफैले बेहोनुपर्ने प्राध्यापकको चेतवानी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस