आज:  | Sun, 13, Jul, 2025

छात्रालाई “ह्याप्पी बर्थ डे मेरी जान” सन्देश पठाएको आरोपमा शिक्षक पक्राउ

२९ असार २०८२, आईतवार १७:४४ मा प्रकाशित ( ८ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रौतहट २९ असार।

रौतहट जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुरमा संन्चालित श्री माध्यमिक विद्यालय तनावग्रस्त भएको छ। सोही विद्यालयमा अध्ययापन गराउने एक शिक्षकले आफ्नै छात्रालाई आपत्तिजनक सन्देश पठाएपछि बालिकाका आफन्त र स्थानीयले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन्।

उक्त विद्यालयमा सामाजिक शिक्षा पढाउने शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘म्यासेज मार्फत ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बनेका थिए। साहमाथि सोही आरोपमा शिक्षक शाहमाथी कुटपिट समेत गरिएको छ।

आज विद्यालय परिसरमै आक्रोशित अवस्थामा प्रवेश गरेका स्थानीय भिडले विद्यालय तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनालाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोली खटिएको थियो। भिड नियन्त्रण गर्न प्रहरीले एक राउण्ड अश्रुग्यास पनि प्रहार गरेको हो।

इलाका प्रहरी कार्यालयले आरोपित शिक्षक रवीन्द्र साहलाई नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस