आज:  | Wed, 23, Jul, 2025

जननेता विश्वेश्वरप्रसाद कोइरालाको आज ४३औँ स्मृति दिवस

७ श्रावण २०८२, मंगलवार ०६:३७ मा प्रकाशित ( १ दिन अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

धादिङ ६ साउन ।

आज ४३औँ बीपी स्मृति दिवस काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाइँदैछ।नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उहाँको स्मृति दिवस मनाउन लागिएको हो।

जन नेता विश्वेश्वरप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना गर्न कठोर संघर्ष गर्दै उहाँको निधन २०३९ साल साउन ६ गते भएको थियो। स्मृति दिवसका अवसरमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले बताएका छन्।

१९७१ भदौ २४ गते भारतको वाराणासीमा जन्मनु भएका जन नेता काइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुनु भएको थियो।

२०१५ सालको आमनिर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री हबन्नु भएका कोइरालाले नेपालमा राष्ट्रियता,प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व लिनु भएको थियो। त्यसैगरी उहाँ प्रधानमन्त्री हुनु भएको समयमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनु भएको थियो।

यस्तै विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गराएर विपी लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको हो । त्यस घटनाको एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।

फेरी २०२५ मा स्वास्थ्य परीक्षणका लागि उहाँलाई जेलमुक्त पछी आठ वर्षसम्म भारतमा निर्वासनमा बस्नु भएको थियो । भारतमा निर्वासित भई बसाईको क्रममा उहाँले प्रजातन्त्र पुनःस्थापनाका पक्षमा कडा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको भनी आठवटा ज्यान मुद्दा लागेको थियो । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनु भयो।

नेपाली साहित्य क्षेत्रमा पनि उहाँको स्थान महत्वपुर्ण छ। मनोवैज्ञानिक यथार्थवादी र नेपाली साहित्यको प्रवर्तक उहाँको डेढ दर्जन कृति प्रकाशित छन्। जसमध्यको पनि ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ उपन्यास प्रकाशित छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ वहुत चर्चित कृर्ति हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस