आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई जना पक्राउ

२०८२ मंसिर ७, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ५३३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

विराटनगर  – ७  मंसिर ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा वलिका दाहिने हात मानिने नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको बताइएको छ।

आज बिहान (आइतबार) नेता बस्नेतलाई रातो रङ भरिएको बेलुनको लोला हानेर दुर्व्यवहार गर्न खोजेको आरोपमा प्रहरीले २ जना युवालाई पक्राउ गरेको हो।

बस्नेतमाथी लोला हान्ने विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ घर भएका २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्। दुवै युवालाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको थियो।

बस्नेतविरुद्धमा रुष्ट भएका युवाले बेलुनको लोलाले हान्दै सोही क्रममा नाराबाजीसमेत गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस