आज: २०८२ श्रावण १०, शनिबार | Sat, 26, Jul, 2025

कांग्रेस नेता भरतप्रसाद उप्रेतीको सम्झानामा श्रद्धान्जली सभा

२०८२ श्रावण ९, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) १९५४ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

धादिङ- ९ साउन ।

नेपाली कांग्रेस धादिङका संस्थापन नेता भरतप्रसाद उपे्रतीको १३ औ दिनको पुण्य तिथिमा पुर्व प्रधानमन्त्री एव् नेपाली काँग्रेसका पार्टी सभापति शेरवहादुर.देउवाले श्रदान्जली व्यक्त गर्नु भएको छ ।

काँग्रेस धादिङले आयोजना गरेको श्रद्धान्जली सभामा पार्टी सभापति शेरवहादुर.देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो।

निकै लामो समयदेखी स्वास प्रस्वासको समस्याले थलिएका नेता उप्रेतीको गत असार २८ गते बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको थियो। नेता उपे्रती कांग्रेस भित्रका एक निष्ठावान र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित हुनुहुन्छ । श्रद्धान्जली सभामा नेता उपे्रतीको जिवनी र उहाँको व्यक्तित्वको चर्चा गरिएको थियो । पुर्व प्रधानमन्त्री एव् काँग्रेसका सभापति.देउवाले उनको निधनले कांग्रेसमा ठुलो क्षती भएको बताउनु भएको छ । सभापति देउवाले नेता उप्रेतीलाई प्रजातन्त्र प्राप्तिको लागी राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गर्नु भएको थियो ।तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता उप्रेतीले पार्टीभित्र पुर्‍याएको भुमिकाको स्मरण गर्दै उप्रेतीले राष्ट्रको लागी एक समर्पित नेता भएको बताउनु भएको हो। नेता उपे्रतीले नेपालको जहानीय शासन तोड्न र मुलुकमा प्रजातन्त्र ल्याउनका लागी पार्टीको भुमिकाको अनुसरण गर्दै आफुलाई समर्पित गरेका थिए ।

पार्टि उप सभापति गेहेन्द्रवहादुर मल्लको अध्यक्षतामा भएको श्रदान्जली सभामा काँग्रेसका केन्द्रीय सदस्य सशांक कोईराला,दिलमान पाख्रिन तामाङ,कृर्षी मन्त्री तथा धादिङ पार्टि सभापति रामनाथ अधिकारी एवं पुर्व पार्टि सभापति रमेश धमला,सांसद गोविन्दप्रशाद लम्शाल, महाँसमिति सदस्य एव्ं निलकण्ठ नगरपालिका मेयर भिमप्रशाद ढुंगाना,वागमति प्रदेश प्रमुख ईन्द्र वानियाँ, सहकारी तथा गरिवी निवारण मन्त्री मधुकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

यसैगरी श्रदान्जली सभामा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,धुनीवेशी नगरपालिकाका मेयर वालकृष्ण आचार्य,विभिन्न जिल्लाका काँग्रेसका नेताहरु,नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ता भातृ एवं सुवेक्षुक संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस