आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

धादिङ बोर्डिङ स्कूलले SEE मा शत–प्रतिशत नतिजा ल्याउन सफल

२०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २९ साउन ।

निलकण्ठ नगरपालिकाको धादिङवेशीमा संन्चालित धादिङ बोर्डिङ स्कूलले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई )मा शत–प्रतिशत नतिजा ल्याउन सफल भएको छ । उक्त स्कूलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा रिजल्ट पुनर्योग (Re-totalling) पछि शत–प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

यस वर्ष विद्यालयबाट कुल ५१ जना विद्यार्थी परीक्षा दिएका थिए । प्रारम्भिक नतिजाअनुसार ५० जना मात्र ग्रेडेड भए पनि विद्यार्थी आरती गुरुङको उत्तरपुस्तिका पुनर्योग गर्दा ग्रेड परिवर्तन भई सबै ५१ जना विद्यार्थी ग्रेडेड हुन सफल भएका हुन् ।

यसरी विद्यालयले सफलता गर्नुमा विद्यार्थीको मेहनत, शिक्षक–शिक्षिकाको समर्पण र पुनर्योग प्रक्रियाको सावधानीपूर्ण मूल्याङ्कनकै परिणामले भएको विद्यालयका प्रिन्सिपल इश्वरी प्रसाद पाण्डेले बताउनु भयो छ । उहाँले यस उपलब्धिमा सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक, सञ्चालक तथा विद्यार्थीप्रति आभार प्रकट गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस