आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बजारमा सुनको मुल्य अहिले सम्मकै उच्च

२०८२ भाद्र १३, शुक्रबार मा प्रकाशित ( ६ महिना अघि) ४७७५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- १३ भदौ ।

नेपाली बजारमा सुनको मूल्य २ लाख रुपयाँ नाघेको छ ।

आज नेपाली बजारमा अहिलेसम्मकै सुनको मूल्य उच्च दर चेट कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो। यससंगै आज सुनको मुल्य पहिलो पटक दुई लाख रुपयाँ नाघेको हो।

यस्तै, सुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस