
नारी बाटिका
नारी वाटिका संवाददाता
सुनसरी -१९ भदौ ।
सुनसरीको झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ।
केही दिनदेखी उक्त कारागारमा रहेका कैदीबन्दीहरूमा उच्च ज्वरो आउने,श्वासप्रश्वासमा समस्या र वान्ता हुन थालेपछी उपचारका क्रममा तिन कैदीको मृत्यु भएको हो। पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। यसअघि भदौ १५ मा एक जना र भदौ १६ मा अर्का एक कैदीबन्दीको मृत्यु भएको थियो। साथै केही कैदीहरुमा अहिले उच्च ज्वरोले १३ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका छन्।
कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। उराव कर्तव्य ज्यान मुद्दामा र राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका थिए।
उक्त कारगारमा विरामीको संख्या बढेपछि जिल्ला सुरक्षा समिति टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। यस कारागारमा हालसम्म १७ सय ९५ कैदी रहेको कारागार प्रशासनले जनाएको छ।








प्रतिक्रिया दिनुहोस