
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२७ भदौ ।
संविधानको रक्षा र कार्यान्वयनको माग राख्दै धादिङमा तीन राजनितिक दलले प्रदर्शन गरेका छन् ।
विहिबार साँझ नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त जिल्ला स्तरको नेता तथा कार्यकर्ताहरुको सहभागितामा संविधान र गणतन्त्रको पक्षमा नाराबाजी गर्दै जुलुस निकालेका थिए।
तिन दलिय प्रदर्शनले “संविधान कार्यान्वयन गर“, “राष्ट्रपतिलाई सार्वजनिक गर“, “लोकतन्त्रको रक्षा गर“ जस्ता नाराहरू लगाएका थिए । साथै पछिल्लो समयमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति संवैधानिक मूल्य र मान्यताको संरक्षणमा गम्भीर चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
हालको राजनीतिक परिस्थितिसंगै संवैधानिक पदमा रहेका राष्ट्रपति लामो समयदेखि जनताबीच नदेखिनु शंकास्पद भएको दाबी गर्दै तत्कालै राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका थिए । उक्त प्रदर्शनले धादिङबेसीको विभिन्न स्थान परिक्रमा गरेको थियो ।








प्रतिक्रिया दिनुहोस