आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

आज यी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना

२०८२ चैत्र १८, बुधबार मा प्रकाशित ( ४ महिना अघि) ५३९५ पटक पढिएको
नारी बाटिका


बिबिय,नारी वाटिका संवाददाता
धादिङ -१८ चैत ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली छ । साथै तराई भू–भागमा आंशिक बदली भएको छ।

अहिले गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

यसैगरी आज दिउँसो हिमाली भुभागमा साधारणतया बदली रहने, पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भागका थोरै तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस