आज: २०८२ भाद्र २७, शुक्रबार | Fri, 12, Sep, 2025

जेन जी आन्दोलनले देशभरका सरकारी तथा नेताका घर जल्दा खरबौंको क्षति

२०८२ भाद्र २७, शुक्रबार मा प्रकाशित ( ८ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२७ भदौ ।

जेन जी आन्दोलनमा प्रदर्शनकारी युवाहरूले देशभर सरकारी कार्यालय, प्रतिष्ठानहरू तथा व्यक्तीगत रुपमा पनि आगजानी र आगो लगाएर खरबौंको सम्पत्ति ध्वस्त पारेका छन् ।

देशभर विभिन्न मन्त्रालय, प्रदेश सभा, प्रतिनिधिसभा र सिंहदरबारमा समेत तोडफोड तथा आगजनी हुदा खरबौंको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति समेत ध्वस्त भएको हो। आन्दोलनकै क्रममा युवाहरूले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको पनि घरमा आगजनी तथा तोडफोड गरेका छन्।

आन्दोलन कै क्रममा देशका सातै प्रदेशमा ठुलो सम्पत्तिको क्षति भएको छ । धनुषामा पनि विभिन्न नेताका घरमा आगजनी तोडफोड भयो। जेनजी गरेको आन्दोलनमा प्रदर्शनकारी युवाहरूले एमाले सचिव रघुवीर महासेठको जनकपुरधामस्थित घरमा आगजनी गरे। आगजनीबाट महासेठको घर पूर्णरूपमा जलेको छ।

यसैगरी काँग्रेस नेता विमलेन्द्र निधिको जनकपुरधामस्थित घरमा आगजनी तथा तोडफोड भएको छ। जनकपुरधाममै महोत्तरीबाट प्रदेशसभा सदस्य सुरिता साहको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए। साहको गाडीका साथै ३ वटा मोटरसाइकल बाहिर निकालेर प्रदर्शनकारी युवाहरूले आगजनी गरे।

काँग्रेस नेता शेषनारायण यादवको पिडारीमा रहेको घरमा आगजनी गरिएको थियो। आगजनीबाट उनको घर पूर्णरूपमा जलेको छ। यस्तै प्रदेशसभा सदस्य रामआशिष यादवको घरमा आन्दोलनकारीबाट लुटपाट भएको छ। लुटपाटकै क्रममा उनको घरमा आगजनी गरिए पनि समयमै समयमै आगो नियन्त्रणमा लिएकोले ठुलो क्षति हुनबाट जोगियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस