आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

राष्ट्रपतिले गरे प्रतिनिधिसभा भंग,कार्की सरकारले ६महिनाभित्र नयाँ चुनाव

२०८२ भाद्र २८, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ५९२२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२८ भदौ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालको प्रतिनिधि सभा विघटन भएको छ।

राष्ट्रपति कार्यालयले शुक्रवार राति ११ बजेदेखि लागु हुने गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नु भएको जानकारी गराएको हो।

मुलुकको अन्तिरीम सरकारको प्रधामन्त्रीमा नव नियुक्त पूर्वप्रधानन्यायाधीश कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित उहाँ नियुक्ती हुनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस