आज: २०८२ भाद्र २८, शनिबार | Sat, 13, Sep, 2025

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै आठ दलको संयुक्त विज्ञप्ति

२०८२ भाद्र २८, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४०४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२८ भदौ ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै आठ राजनितिक दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

उनीहरुले यही भाद्र २३ र २४ गते जेन जी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । दलहरुका प्रमुख सचेतकहरूले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ ,।

उक्त आन्दोलनमा भएको जनधनको क्षतिका सम्बन्धमा छानबिन गरी त्यस अपराधिक कार्यमा संलग्नलाई कानूनी कारबाही गर्न माग गरिएको छ। त्यसैगरी, भाद्र २७ गते राति राष्ट्रपति कार्यालयमार्फत प्रतिनिधि सभा विघटन गरिएको भनी जारी विज्ञप्तिप्रति गम्भीर असहमति व्यक्त गर्दै आठ दलका प्रमुख सचेतकहरूले सो कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेका छन्।

साथै विज्ञप्तिमा संविधान, सर्वोच्च अदालतका नजीर र संवैधानिक परम्पराविपरीत प्रतिनिधि सभा विघटन गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिई संसद बैठक बोलाउन र आन्दोलनरत जनताको माग जननिर्वाचित संस्था मार्फत सम्बोधन गर्न जोडदार माग गरिएको छ।

आठ राजनितिक दलले शनिबार जारी संयुक्त विज्ञप्तिमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूको हस्ताक्षर रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस