आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

प्रधानमन्त्री कार्कीद्वारा उच्च मनोबलका साथ काममा फर्कन प्रहरीलाई आग्रह

२०८२ भाद्र २९, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२९ भदौ ।
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको छ।

उहाँले शनिबार भदौ २४ गतेको आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराइएको र त्यस क्रममा उहाँले उच्च मनोबलका साथ काममा फर्कन आग्रह गरेको बताउनु भएको छ ।

जेनजी आन्दोलनले उपत्यका प्रहरी कार्यालय मातहतका अधिकाशं जस्तै प्रहरी कार्यालयहरू जलेर ध्वस्त का भएका छन्। प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायतका उच्च प्रहरी अधिकारीको सहभागिता थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस