आज: २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025

 सुशिला कार्कीको सिफारिसमा नियुक्त भएका ३ मन्त्रीको शपथ आज

२०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काठमाडौं -३० भदौ ।

मुलुकको ६ महिनाको लागी अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका ३ मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।

कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम ै आईतबार नै टुङ्गो लागेको हो। सिफारिसमा परेकाहरुमध्य अर्थमन्त्रीमा पूर्व अर्थसचिव डा. रामेश्वर खनाल नियुक्त हुँदै छन् । यस्तै ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र कानूनमन्त्रीमा ओमप्रकाश अर्यालको नाम सिफारिस भएको छ।

कानूनमन्त्री ओमप्रकाश अर्याललाई गृहसहित कानून मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको हो।यस्तै घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास जस्ता महत्त्वपूर्ण मन्त्रालयहरुको पनि जिम्मेवारी पाउने भएका छन्।

उनीहरूको शपथ ग्रहण आज हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस