आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

ऊर्जामन्त्री कुलमानको पहिलो निर्णय विद्युतको बक्यौता रकम उठाउने

२०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ( ६ महिना अघि) ४४०३ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काठमाडौं -३० भदौ ।

विगतमा पनि नेपाली नागरिकले अत्याधिक रुचाईएका कुलमान घिसिङलाई अन्तरिम सरकारका प्रधामन्त्री सुशीला कार्की नुतृत्वको सरकारले पनि उचित ठानी ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीमा नियुक्ती गरेको छ । घिसिङमने डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेका छन्।

घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणलाई सो निर्देशन दिने निर्णय गर्ने तयारी छ। उनले विगतमा पनि आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए। तत्कालीन सरकारले यसमा रोकावट गरी उनलाई पदबाटै हटाईएको थियो।

मन्त्रीमा नियुक्ती भएसंगै सोमवार सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा घिसिङले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिबद्ध रहेको बताएका हुन्।

यस्त्रै घिसिङले विगतका कमजोरीलाई नदोहोर्‍याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्नसमेत सबैलाई आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस