
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ – २ असोज ।
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गरी नेपाली राजनीतिमा त्याग र साहसका प्रतीक मानिएका गणेशमान सिंहको आज२८औँ स्मृति दिवस विभिन्न कार्यक्रममार्फत मनाइँदैछ ।
सिंहको स्मृति दिवस मनाउनका लागी नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ।
सिंहले प्रजातन्त्र स्थापनाका लागि विसं १९९७ देखि सक्रिय रुपमा २००७ सालमा ठुलो क्रान्ति, २०३६ सालको जनमत सङ्ग्रहदेखि २०४६ को जनआन्दोलनसम्म नेतृत्वदायी भूमिका खेल्नु भएको थियो।
सिंहलाई राजा वीरेन्द्रले प्रधानमन्त्री बन्नको लागी पटक पटक आग्रह गर्दा पनि आफु प्रधानमन्त्री नभई कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नु भएका सिंह त्यागको उदाहरणका रूपमा नेपाली राजनीतिमा परिचित हुनुहुन्छ । विसं १९७२ मा जन्मिनु भएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।








प्रतिक्रिया दिनुहोस