आज: २०८२ आश्विन ५, आईतबार | Sun, 21, Sep, 2025

जनमत पार्टीको पुर्व केन्द्रीय उपाध्यक्ष साहले गरे जनस्वराज पार्टी घोषणा

२०८२ आश्विन ५, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ असोज ।

नेपालमा फेरी अर्को नयाँ पार्टी जन्मिएको छ ।

न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यले इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ। यही असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रमबाट जनस्वराज पार्टीको घोषणा गरिएको संयोजक साहले जानकारी दिए।

भेलाबाट साहको संयोजकत्वमा प्रशिक्षण विभाग र इन्जिनियर सुरेन्द्रनारायण यादवको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ। पार्टी संयोजक साह यसअघि जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष र आर्थिक विभाग संयोजक यादव जनमतकै कोषाध्यक्ष थिए।

उक्त पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न, बेथिति र भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीति स्थापित गर्न आफ्नो पार्टीले काम गर्ने बताईएको छ ।

यस्तै उक्त पार्टीले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिततासहित मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायत उद्देश्यले आफुले नयाँ पार्टी निर्माण गरेको संयोजक साहले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस