आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

बचत तथा ऋण कारोबार गर्ने सहकारी संघ-संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण

२०८२ आश्विन १०, शुक्रबार मा प्रकाशित ( ४ हफ्ता अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१० असोज ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अब उपान्त सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ।

प्राधिकरणले उक्त सफ्टवेयरमार्फत आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने बताएको छ । सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भइ लञ्च गर्ने तयारीमा छ।

प्राधिकरणले पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक डा.शेषनारायण पौडेलले सो कुरा बताएका हुन्। उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण,अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने बताए।

त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्नेसमेत बताए। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालन सम्बन्धमा जारी गरेको नियामकिय मापदण्ड, २०८२ लागू भइ कार्यान्वयनको चरणमा रहेको बताएका छन्।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरिएको र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारण सभा सञ्चालन स्म्बन्धी निर्देशन पनि जारी भइ कार्यान्वयनको चरणमा रहेको बताईएको छ।

उक्त सहकारी संस्थाहरूको सघन अनुगमन सुरू भएको जानकारी दिए। सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरूको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको बताइएको ।

यस असोज महिनादेखि परिमार्जित ऐनको व्यवस्था अनुसार बचत तथा ऋण सहकारी, संघ संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरू गरिने भएको छ। बचत तथा ऋण सहकारी संस्थालाई प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको ६० दिनभित्र आवश्यक विद्युतीय प्रणालीमा प्रविष्ट गराइ रुजु पश्चात प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस