आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

तिनजना सवार मोटरसाइकललाई स्कर्पियोले ठक्कर दिँदा दुईको मृत्यु,एक गम्भीर

२०८२ आश्विन ११, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सर्लाही -११ असोज ।

सर्लाहीमा स्कर्पियोले ठक्करबाट दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार राति सर्लाही जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका(५, स्थित हुलाकी सडकखण्डमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका(२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो ।

साथै दुर्घटनामा २३ वर्षका शिवशङ्कर पण्डितसमेत गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। पर्साबाट हुलाकी सडक हुँदै भेल्ही तर्फ आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनामा संलग्न स्कर्पियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनालगत्तै फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस