आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

२०८२ आश्विन १३, सोमबार मा प्रकाशित ( ११ महिना अघि) ११२५४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१३ असोज ।
ै प्रधानमन्त्री सुशीला कार्कीले उहाँको स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गर्नु भएको छ । प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्व सम्पादक हुन्।

त्यसैगरी सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। उनले समाजशास्त्रमा स्नातकोत्तर र कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।

श्रेष्ठले न्यायपालिकामा लामो समय काम गरेका र लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका व्यक्ति हुन्।

साथै प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । उक्त फाउन्डेसन विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस