
बिबियु,नारी वाटिका संवाददाता
धादिङ २७ जेठ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावले आज देशभरमा अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै अन्य प्रचट्याङदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो दिनको रहने पुर्वानुमान छ।
यस्तै आज राति देशभरमा सामान्य बदली रहने र मधेससहित कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थान साथै हिमाली तथा पहाडी भुभागका केही स्थानमा सहित वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस